नेप्से दोहोरो अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से दोहोरो अंकले घट्यो



काठमाडौँ । बुधबार सेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से १३.०९ अंकले घढेर २ हजार ७ सय ८०.८१ अंकमा पुगेको हाे ।

बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड घने बढेका छन् । बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त, रुरु जलविद्युत कम्पनी देखिएका छन् । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स लगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ ।

धेरै गुमाउने शिर्ष ५ कम्पनीमा सबै हाइड्रोपावर कम्पनीहरु देखिएका छन् ।

प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार १६:५३