लक्ष्मी लघुवित्तद्धारा स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लक्ष्मी लघुवित्तद्धारा स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया नगरपालिकाको मगरागढी प्राथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार नगद प्रदान गरेको संस्थाले जनाएको छ ।

हाल कोभिड–१९ को माहामारीमा संक्रमित भई अस्पतालमा उपचारित संस्थासँग आवद्ध सदस्यहरु र सदस्यको परिवारलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग निरन्तररुपमा उपलब्ध गराई रहेन वित्तीय संस्थाले जनाएको छ ।

आर्थिक सहायता ग्रहणको क्रममा स्वास्थ्य केन्दका अधिकृत डा. रोशन सापकोटाले भने “कोभिड–१९ को माहामारी बढेसंगै आर्थिक अवस्था अपुग हुँदा सहयोगको अपिल गरेका थियौ र सो कार्यलाई मनन् गदै सहयोगको हात अगाडि बढाई सहयोग गरिदिनु भएकोमा उक्त सहयोगको उचित कदर गर्दै बिरामीहरुलाई जति सक्दो उचित किसिमको स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ”।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार १६:३६