राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दुई अध्यादेश जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दुई अध्यादेश जारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन्।

भण्डारीले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले सो अध्यादेश जारी गरेकी हुन्।

अब शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने व्यवस्था अध्यादेशमा गरिएको छ ।

नेपालको संविधान २०७२ मा सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने उल्लेख भए पनि कानुन नै भने बनेको थिएन । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादित बनेपछि शपथको कुनै कानुन नभेटिएपछि अध्यादेश ल्याइएको हो ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार १९:५२