सरकारले संसद विघटन गर्न खोजेको पौडेल आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

सरकारले संसद विघटन गर्न खोजेको पौडेल आरोप



काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसद विघटन गर्न खोजेको आरोप लगाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुले सरकार संसद विघटन गरेर संविधान फाल्ने षडयन्त्र रहेको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा प्रतिकृया दिंदै पौडेलले भनेका छन् – ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।’

सरकार गठनका लागि सामानयतया कम्तिमा पनि ३ दिनको समय दिने प्रचलन विपरित २४ घण्टाभन्दा पनि कम समय दिएर सरकार गठनको आह्वान गर्नु गलत भएको उनको भनाइ छ । ‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो ।

एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।’ उनले भनेका छन् ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार २१:०३