लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक किन्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक किन्ने



laxmi-bank-काठमाडाै । राष्ट्रबैंकको पूँजी वृद्धिको नीति अनुसार पूँजीको साथमा व्यापार समेत वृद्धि गर्ने उद्देश्यले लक्ष्मी बैंक लिमीटेडले प्रोफेसनल दियालो विकास बैंक लिमीटेड खरीद गर्ने भएको छ ।

लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य र दियालो विकास बैंकका अध्यक्ष लोकराज पन्तले एक्वायर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । यो बैंकल हालसालै आफ्ना सेयरधनीलाई सतप्रतिशत हकप्रद दिने घोषणा गरेको छ । यो घोषणापछि लक्ष्मीको चुक्तापूँजी ६ अर्ब ६ करोड पुग्नेछ । प्रोफेसनल दियालो विकास बैंकको चुक्तापूँजी चाहि २४ करोड रुपैयाँ रहेको छ ।

एक्वीजिसनपछि लक्ष्मी बैंकको ब्यालेन्ससिट, पूँजी, ग्राहक र शाखा समेत वृद्धि हुने बताइएको छ । दुवै संस्थाबीच सेयर स्वाप रेसियो डिडिए रिपोर्टको आधारमा रही निश्चित गर्ने सहमति समेत बनेको छ ।

लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ८ लाख मात्र खूद नाफा गरेको थियो । लक्ष्मी बैंकको हाल देशभर ५० शाखा, २ एक्सटेन्सन काउण्टर, ६५ वटा एटीएम सेवा संचालनमा छन् । उता, काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको प्रोफेसनल दियालो विकास बैंकको १० जिल्लामा आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित : १८ असार २०७३, शनिबार ०५:०१