कोभिड संक्रमित नगरवासीलाई सहयोग गर्न सहकारीले बनाए कार्यदल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कोभिड संक्रमित नगरवासीलाई सहयोग गर्न सहकारीले बनाए कार्यदल



काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) महामारीबाट संक्रमित नगरवासीलाई सहयोग गर्ने उद्देश्यले चन्द्रागिरि नगर सहकारी समन्वय समितिले विपद व्यवस्थापन कार्यदल गठन गरेको छ । नगरपालिकाका विभिन्न वडामा संचालित सहकारीले कार्यदल गठन गरेको हो ।

अभौतिक माध्यमबाट संचालिक समितिको पूर्ण बैठकले लेमन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा राज भाई महर्जन, राज कुमार महर्जन, अनिता पौडेल, नारायण कृष्ण महर्जन र राजेन्द्र महर्जन सदस्य रहेका छन् ।

समितिले जेठ ६ गते सूचना प्रकाशित गरेर नगरपालिका भित्रका सहकारीलाई कोरोना संक्रमित विरामीलाई समितिमार्फत आर्थिक तथा भौतिक सहयोग गर्न आह्वान गरेको हो । छरिएर भन्दा सामूहिकरुपमा गरेको सहयोग प्रभावकारी हुने भएकाले समितिले एकद्वार प्रणालीमार्फत सहयोग गर्न आग्रह गरेको हो ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार १६:२८