अब निषेधज्ञा नमान्नेलाई १ लाख देखि ५ लाख सम्म जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

अब निषेधज्ञा नमान्नेलाई १ लाख देखि ५ लाख सम्म जरिवाना



काठमाडाैं । सरकारले कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारि गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि तत्काल कानुनी व्यवस्था गर्न आवश्यक भएको भन्दै अध्यादेश जारी गरेको हो ।

अध्यादेशमा कोरोना नियन्त्रण तथा रोकथामको लागि जारि गरिएका आदेश नमान्नेलाई कडा जरिवानाको ब्यबस्था गरिएको छ । अध्यादेशको दफा १९,२०,२१ र २२ मा जरिवानाबारेको ब्यबस्था छ । अध्यादेशमा उल्लेख कुनै काम गर्न बाधा पुर्याउनेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै हुने उल्लेख छ । अध्यादेश बमोजिम जारी मापदण्ड पालना नगर्नेलाई ६ महिना कैद वा ३ लाख जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ ।

के गरे कति जरिवाना ?

  • आदेश उल्लघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले १ लाख जरिवाना र संस्थालाई ५ लाख जरिवाना गर्न सक्ने
  • मास्क नलगाई हिडेमा प्रत्येक पटक १ सय जरिवाना गरिने
  • नियन्त्रण गरिएको स्थानमा आवतजावत गरेमा हरेक पटक २ सय जरिवाना गरिने
  • सवारीसाधन निषेध गरिएको अवस्थामा अनुमति नलिई सवारी चलाएमा दुई पांग्रेलाई हरेक पटक २ हजार र अन्य सवारीलाई हरेक पटक ५ हजार जरिवाना हुने ।

बिरामी बोकेकोलाई भने जरिवाना पर्ने छैन । अध्यादेश बमोजिम जारि भएको आदेश उल्लघन गर्ने संस्थालाई ६ महिना बन्द गर्न सक्ने पनि अध्यादेशमा उल्लेख छ ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार २०:१५