नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटायो



oil nigamकाठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएको छ। शुक्रबार रातिदेखि लागू हुने गरी निगमले आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो। यसअघि १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको छ। अब हवाइ इन्धनको मूल्य पेट्रोलकै बराबर भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए। अहिले काठमाडौंमा पेट्रोल लिटरको ९९ रुपैयाँमै कारोबार भइरहेको छ। यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलरले घटेको छ। यसअघि प्रतिकिलोलिटर ९ सय ८१ डलर रहेको हवाइ इन्धनको मूल्य अब ८ सय ८१ डलरमा झरेको छ।

प्रकाशित : १८ असार २०७३, शनिबार ०५:१४