आठ हजार ८ सय ४८ जना कोरोनामुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

आठ हजार ८ सय ४८ जना कोरोनामुक्त



काठमाडौं । नेपालमा शनिवार थप ८ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार १०५ पीसीआर परीक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार १ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ८ हजार ८ सय ४८ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा तीन लाख ८३ हजार ६८४ जनाले कोरोना संक्रमणलाई जितेका छन् । हाल नेपालमा १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित आइशोलेशनमा र ८८६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार १८:१९