निषेधाज्ञा जेठ भर लम्ब्याउने तयारी ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

निषेधाज्ञा जेठ भर लम्ब्याउने तयारी !



काठमाडाैं । उपत्यकामा जारी निषेधाज्ञा जेठ भर लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन वटा प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच भएको प्रारम्भिक छलफलमा कम्तीमा पनि जेठ मसान्त सम्म निषेधाज्ञा गर्नु पर्नेमा सहमत भएका हुन ।

यो पढ्नुस्ः

अब निषेधज्ञा नमान्नेलाई १ लाख देखि ५ लाख सम्म जरिवाना

सरकारले भर्खरै जारी गरेको अध्यादेश अनुसार निषेधाज्ञालाई कडा पार्ने तयारी भएको स्रोतले जानकारी दिएको छ । पछिल्लो निर्णयअनुसार काठमाण्डौ, ललितपुर र भक्तपुरको निषेधाज्ञा जेठ १३ गतेसम्म कायम छ । शनिवार गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुन तीन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।

यो पनि पढ्नुस्ः

सुरक्षा निकायलाई गृह सचिवको निर्देशन – नागरिकस्तरबाट लापरबाही बढ्यो कडा रुपमा प्रस्तुत हुँनु

गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमख र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख जनकराज दाहाल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई समेत बोलाएर भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न उनले सो निर्देशन दिएका हुन ।

प्रकाशित : ९ जेष्ठ २०७८, आईतवार १९:१८