स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘एनपीआई’ मार्फत डिजिटल कारोबारमा जोडियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘एनपीआई’ मार्फत डिजिटल कारोबारमा जोडियो



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग कनेक्ट आइपीएस र राष्ट्र भुक्तानी प्रणाली ‘एनपीआई’ मार्फत डिजिटल कारोबारमा जोडिने सम्झौता गरेको छ ।

दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल कार्यक्रम मार्फत सम्झौता कार्यान्वयनमा ल्याइएको जानकारी गराइएको हो ।

स्याण्डर्ड चार्टर्ड बैंकले एनसीएचएलको भुक्तानी प्रणाली ३ चरणमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।

पहिलो चरणमा एनसीएचएलको भुक्तानी प्रणाली मार्फत अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एप वा इन्टरनेट बैंकिङ मार्फत स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा रकम पठाउने मात्रै सक्नेछन् ।

दोस्रो चरणमा यस बैंकको खाता मार्फत अन्य बैंकमा रकम पठाउन सकिने र अन्तिम चरणमा आइपीएस कनेक्ट स्टाण्डर्ड चाटर्ड बैंकको मोवाइल बैंकिङमा आवद्ध गरी रकम ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाइएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक १९८७ देखी नेपालमा संचालनमा रहेको बिदेशी लगानीको बैंक हो । यस बैंकको हालसम्म नेपालमा १५ वटा शाखा, २६ वटा एटीएएम वुथ र ५३१ नेपाली कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित : ९ जेष्ठ २०७८, आईतवार २२:०४