नेप्सेमा ३८ लाख ४० हजार बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेप्सेमा ३८ लाख ४० हजार बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २७.७६९ प्रतिशत बाेनस बापतकाे ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको हाे ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १२:५३