
ऋणपत्र किन्न चाहने वित्तीय संस्थाले असार २२ बुधबार दिउँसो ३ बजेभित्र अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्नुपर्नेछ । साँवा भुक्तानी २०७४ असार २२ गते हुनेछ । ब्याजदर अर्धवार्षिकरूपमा भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो ऋणपत्र थोरैमा एक करोडको प्रस्ताव गर्नुपर्नेछ । राष्ट्र बैंकले ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्ने सुविधा दिएको छैन । तर एसएलआर र तरलता अनुपातमा भने गणना गर्न पाइनेछ ।
यतिबेला बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । लगानी अभाव भएकाले निक्षेपकर्तालाई दिइने ब्याजदरसमेत अत्यन्त न्यून विन्दुमा छ । राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाको सहभागिता बढ्ने अनुमान छ ।
Comment