अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए/नभएको हेर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए/नभएको हेर्न सकिने



काठमाडाैं । अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए/नभएको हेर्न सकिने भएको छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ कि छैन् भनेर अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाएको हो ।

कुन अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खालि भएको वा नभएको जानकारी लिन यहाँ क्लिक गर्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब बेवसाइटबाटै कुन अस्पतालमा कति बेड तथा आइसीयू खाली छ छैन भनेन हेर्न र जानकारी लिन सकिने व्यवस्था गरेको छ ।

त्यसपछि त्यहाँ अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटर खाली भएको वा नभएको थाहा पाउन सकिन्छ । अस्पताल छनोट गरेपछि सो अस्पतलाको क्षमता कति छ र खाली कति छ त्यहाँ डेटा देखाउँछ ।

उक्त अस्पतातको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ । साथै डिटेलमा क्लिक गरेर समेत लोकेसन र फोन नम्बरको जानकारी पाउन सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७८, बिहीबार १६:५४