आजदेखि खाद्यान्न र किराना पसल बन्द, खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नुहोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आजदेखि खाद्यान्न र किराना पसल बन्द, खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नुहोस



काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा खाद्यान्न सक्किए खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमा फोन गर्न आग्रह गरेको छ ।

शुक्रबारबाट काठमाडौं उपत्यकामा किराना पसलदेखि डिपार्टमेन्टल स्टोरसम्म बन्द गर्न लागिएको निर्णयको आलोचना भइरहेको बेला जिल्ला प्रशासन कार्यालयले बिहीबार सुचना निकाल्दै कसैलाई खाद्य सामग्री अभाव भए खरीदका लागि वैकल्पिक व्यवस्था गरिएको बताएको हो । त्यसका लागि खाद्यान्न आवश्यक हुनेले खाद्य कम्पनी वा साल्ट ट्रेडिङका कर्मचारीलाई फोन गर्नुपर्ने छ ।

त्यसरी फोन गरेमा दुवै संस्थाले खाद्यान्नको होम डेलिभरी गरिदिने जनाइएको छ ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार ०९:१८