सहकारीको बचत ४ खर्ब ७७ अर्ब ९६ करोड, ऋण लगानी भने घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीको बचत ४ खर्ब ७७ अर्ब ९६ करोड, ऋण लगानी भने घट्यो



काठमाडाै । सहकारीमा चालू आवको फागुनसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड बचत संकलन भएको छ । गत आवको सोही अवधिमा ३ खर्ब ५० अर्ब ५८ करोड बचत परिचालन भएको अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ सोही अवधिमा सहकारीको बचत परिचालन ३ खर्ब ४५ अर्ब ५४ करोड बचत परिचालन भएको थियो ।

ऋण लगानीमा २ प्रतिशतले कमी

सहकारी क्षेत्रबाट प्रवाहित हुने कर्जामा २ प्रतिशतले कमी आएको छ । अर्थ मन्त्रालयले सर्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमार्फत चालू आर्थिक वर्षको फागुनसम्म ४ खर्ब २६ अर्ब २६ करोड ऋण परिचालन भएको छ । गत आर्थिक वर्षको फागुनसम्म ३ खर्ब ४१ अर्ब ७१ करोड ऋण परिचालन भएको थियो । आर्थिक वर्ष २०७५/०७६ सोही अवधिमा ३ खर्ब ३२ अर्ब ७१ करोड ऋण परिचालन भएको थियो ।

सहकारीको संख्या २९ हजार ८ सय ८६

गत फागुनसम्म सहकारीको संख्या २९ हजार ८ सय ८६ रहेकोमा ती संस्थामा सेयर सदस्य ७३ लाख ७ हजार ४ सय ६२ पुगेको छ । संस्थाले ८६ हजार ९ सय ३ जनालाई रोजगारी दिएका छन् । प्रारम्भीक सहकारी बाहेक राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक एक र विषयगत केन्द्रीय सहकारी संघ १९, जिल्ला सहकारी संघ ७०, विषयगत जिल्ला संघ २ सय ५६ दर्ता भई सञ्चालनमा छन् ।

सेयर पुँजी ९४ अर्ब १० करोड

सेयर पुँजी ९४ अर्ब १० करोड पुगेको सर्भेक्षणमा उल्लेख गरिएको छ । नियमन एवम् प्रवद्र्धनलाई प्रभावकारी तुल्याउन एवम् सहकारीको तथ्यांकको आधार तुल्याउन सहकारी तथा गरिबी निवारण प्रणाली(कोपोमिस) कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १२:४६