मन्त्रिपरिषदको बैठक सुरु, बजेट ल्याउने अन्तिम तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मन्त्रिपरिषदको बैठक सुरु, बजेट ल्याउने अन्तिम तयारी



काठमाडौं । काम चलाउ सरकारले बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । बजेट पारित गर्नको लागि मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

आगामी आवको बजेट ल्याउनको लागि राष्ट्रिय योजना आयोगले स्वीकृत दिएपछि अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रिपरिषदको बैठकमा पेश गरेका छन । बैठकमा पेश गरेर बैठकले पारित स्वीकृत गर्नेछ । त्यसपछि अध्यादेशबाट बजेट ल्याउने भन्दै राष्ट्रपति कार्यालयमा पेश गरिने छ ।

राष्ट्रपति कार्यालयबाट अनुमोदन गरेपछि अर्थमन्त्री पौडेलले ४ बजे सिंहदरबार स्थित मन्त्रिपरिषदको कार्यालयबाट बजेट भाषण गर्ने छन् ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १३:२२