मेरो माइक्रोफाइनान्सको सेयर कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेरो माइक्रोफाइनान्सको सेयर कारोबार खुल्यो



stockकाठमाडौ। सेयर बजारमा आजबाट मेरो माइक्रोफाइनान्सको कारोबार खुल्ला भएको छ। कम्पनीको कारोबार कोड ‘एमईआरओ’ रहेको छ । नेप्सेले कम्पनीको सेयर मूल्य पहिलो कारोबारको लागि अधिकतम ३ सय ९२ रुपैयाँ तोकेको छ । हालै मात्रै कम्पनीले २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरेको थियो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत चुक्ता पुँजी बढाउने चर्चापछि बजारमा माइक्रोफाइनान्स कम्पनीहरुको सेयर मूल्य बढिरहेका बेला सो कम्पनीको कारोबार खुलेपछि विकास बैंक समूहमा थप टेवा पुग्ने छ ।

प्रकाशित : २१ असार २०७३, मंगलवार ०७:४४