रेल चलाउन १० अर्ब ३ करोड रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

रेल चलाउन १० अर्ब ३ करोड रकम



काठमाडाै । सरकारले आगामी आर्थिक वर्षको बजेटले देशमा रेलमार्ग सम्बन्धी अध्ययन र विस्तारका लागि १० अर्ब ३ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् । 

त्यस्तै, अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको आगामी आर्थिक वर्षभित्र विस्तृत अध्ययन सक्ने बताए । साथै, बजेटले टोखा–छहरेसहित बिभिन्न स्थानमा सुरुङमार्ग निर्माण शुरू गर्न पनि बजेट विनियोजन गरेको छ । 

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १८:१५