एनआईसी एशिया लघुवित्तद्धारा १५ लाख १८ हजार रुपैयाँ ब्याज छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तद्धारा १५ लाख १८ हजार रुपैयाँ ब्याज छुट



काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाले ग्राहकहरुलाई १५ लाख १८ हजार २ सय २ रुपैयाँ ४७ पैसा ब्याजमा छुट दिएको छ ।

लघुवित्तले सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाएमा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएकोमा हार्दिक आभार ब्यक्त समेत व्यक्त गरेको छ ।

योजनामा सहभागी भए वापत ब्याजमा जम्मा रु.१५,१८,२०२.४७/- छुट पाएको र ब्याज छुट रकम सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिसकेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले जानकारी दिए ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार १६:०९