सिटिजन्स बैंक र प्रिमियर फाइनान्सको एक्वीजिसनलाई राष्ट्र बैंकबाट अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंक र प्रिमियर फाइनान्सको एक्वीजिसनलाई राष्ट्र बैंकबाट अन्तिम स्वीकृति



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडाै । नेपाल राष्ट्रबैंकले सिटिजन्स बैंक इन्टरनेशनलद्वारा प्रिमियर फाइनान्सलाई प्राप्ति गर्ने(एक्वायर) प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति पाएपछि दुवै संस्थाले आगामी साउन २ गतेदेखि संयुक्त कारोबार थाल्ने बताएका छन् ।  केन्द्रीय बैंकले दुवै संस्थाको एक्वायर प्रक्रियालाई गत असार २० गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । प्रिमियर फाइनान्स समाहित भएपछि ‘सिटिजन्स बैंक इन्टरनेशनल’कै नामबाट कारोबार हुने बताइएको छ ।

दुई संस्थाले यसअघि नै १ः०.२८ को सेयर स्वाप रेसियोमा सहमति जनाइसकेका छन् । एक्विजिसनपछि संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ ३१, कमलादीमा रहने बताइएको छ ।  सिटिजन्स बैंकको चुक्तापूँजी ३ अर्ब  ६ करोड रुपैयाँ रहेको छ । यो बैंकले असार ५ गतेदेखि ५५ प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रदको व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ४ अर्ब ७४ करोड पुग्नेछ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७२ करोड ८० लाख खूद नाफा आर्जन गरेको थियो ।

प्रकाशित : २६ असार २०७३, आईतवार १५:४७