सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा सुरु , अन्य कम्पनि भन्दा आधा सस्तो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

सीजी कम्युनिकेसन्सको इन्टरनेट सेवा सुरु , अन्य कम्पनि भन्दा आधा सस्तो



काठमाडौं । चौधरी समूहको सीजी कम्युनिकेसन्सले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने सो ग्रुपले जानकारी दिएको छ ।

उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गर्दै सीजी कम्युनिकेशनले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपियाँमा उपलब्ध गराउने जानकारी दिएको छ ।

उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने सीजीको भनाई छ । ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक ९आईएसपी० हो, जसले व्यवसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउँछ । निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने कम्पनीले जानकारी दिएको छ ।

भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न आफूहरूले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको भन्दै ‘सीजी नेट’ले सुरुवातमा सेवा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा उपलब्ध हुने जानकारी दिएको छ ।

यो सेवा जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले लिन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ ।

२०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने लक्ष्य रहेको चौधरी समूहको भनाई छ । सीजीका ग्राहक सेवा केन्द्रहरू हालका लागि जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने जनाइएको छ ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताएका छन् । उनी भन्छन्, ‘दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ । माग पनि बढ्दो छ । नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।

’नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलवार १५:२४