निषेधाज्ञा जेठ २७ गतेसम्म थप, बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

निषेधाज्ञा जेठ २७ गतेसम्म थप, बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो



चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तेस्रोपटक थपिएको निषेधाज्ञाको समय जेठ २० गते राति सकिने भएपछि प्रशासन कार्यालयले एक साता थप गरेको हो । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो पारिएको छ ।

यो साता सक्रिय संक्रमितको संख्यामा कमी आए अर्को पटकदेखि सल्लाह गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी प्रशासनको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गते रातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो ।

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार १२:५७