निषेधाज्ञाः बैंक तथा वीत्तीय संस्था, सरकारी र सार्वजनिक संस्थानका लागि नयाँ नियम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

निषेधाज्ञाः बैंक तथा वीत्तीय संस्था, सरकारी र सार्वजनिक संस्थानका लागि नयाँ नियम



काठमाडाैं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

२१ गतेदेखि उपत्यकामा केहि खुकुलो बनाएको हो । उपत्यकामा वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको उपत्यकाको निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै लगिएको हो ।

सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाहरु, इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुको आवत जावतका लागि सम्बन्धी मन्त्रालयको पासका आधारमा आवतजावतको व्यबस्था मिलाइने जनाइएको छ ।

त्यस्तै , खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ । यो पटक पनि सहकारीका बारेमा केही बोलिएको छैन ।

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार १७:१४