एनआईबिएल एस क्यापिटलको सहभागिता फण्डमा पुनः लगानी गर्ने हो ? यस्तो छ प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

एनआईबिएल एस क्यापिटलको सहभागिता फण्डमा पुनः लगानी गर्ने हो ? यस्तो छ प्रकृया



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना ”एनआईबिएल सहभागिता फण्ड“ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजना मा सहभागी हुन गत चैत्र २४ गते सूचना प्रकाशित गरिएको थियो । त्यसैले, क्यापिटलले हालसम्म पनि उक्त योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासिघ्र सहभागी हुन आग्रह गरेको छ ।

यस योजना अन्तर्गत इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

साथै, चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुनेमितिका दिनसम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुको लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने क्यापिटलले जनाएकाे छ ।

लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया :

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।

२) योग्य इकाईधनीहरुले अनलाईन लिंक (Online Link) https://mutualfund.niblcapital.com मा गई लाभांशपुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन सक्नुहुनेछ ।

३) आफ्नो हितग्राहिखातामा रहेको ईमेल ठेगाना मार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्नुहुनेछ ।

ईमेलमा उल्लेख गर्नुपर्ने विवरण :

ईमेल विषयः लाभांश पुन –लगानी योजना
ईमेल ठेगानाः [email protected]
इकाईधनीको पुरा नामः
इकाईधनीको हितग्राही खाता नंः
इकाईधनीको सम्पर्क नम्बरः

प्रकाशित : २० जेष्ठ २०७८, बिहीबार ११:३९