नेप्से परिसूचक हालसम्मै उच्च,१६ अर्ब ९० करोड ७० लाख बराबरको कारोबार



काठमाडाै । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आज नेप्से २९.६४ अंकले बढेर दुई हजार आठ सय ५६ दशमलब ७७ विन्दुमा पुगेको छ ।

आज १६ अर्ब ९० करोड ७० लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये चार वटा समूह बाहेक अन्य समूह बढेका छन् ।

आज ४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, गुरास फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज पञ्चकन्यामाई हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । पञ्चकन्यामाईको शेयरमूल्य आज ५.९२ प्रतिशतले घटेको छ भने राधीको शेयरमूल्य आज ५.०६ प्रतिशतले घटेको छ।

यता, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यस कम्पनीको आज एक अर्ब २ करोड ७० लाख २७ हजार २८७ रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न अर्थमन्त्रीलाई सुझाव

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति

शेयर बजारमा ५४.३१ अंकको बृद्धि

काठमाडाै । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६३ बिन्दुमा

लगानीकर्ताले अर्थमन्त्रीलाई भने- यी सात काम भए पूँजीबजारका समस्या र समाधान हुन्छ

काठमाडाें । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा अर्थमन्त्री

तेह्रथुम पावर कम्पनीको आइपीओ मंगलबार देखि , कस्ले कति कित्ता भर्न पाइन्छ ?

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोली अर्थात् मंगलबार देखि स्थानीय वासिन्दाका लागि

प्रकाशित मिति २०७८ असार १ देखि