पछिल्लो २४ घण्टामा नेपालमा ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि , ५९०४ जना निको



काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि