हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे ,तर सचिव आएनन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे ,तर सचिव आएनन्



काठमाडौं । नल्लुका स्थानीयबासीले गाविसको ३ लाख रुपैयाँ बजेट माथिल्लो डाँडामा खेर गइरहेको मुहानको पानी सञ्चय गर्न ट्यांकी निर्माण गरे । स्थानीयबासी गाविस सचिवले गाउँको विकास बजेटबाट मोटरसाइकल किनेपछि गाउँमा सचिव आउलान् अनि हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे । तर सचिव आएनन् ।
आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत नआएपछि स्थानीयबासी सचिव खोज्दै सहर धाउन बाध्य भए । आधा घण्टामा गाउँमै सम्पन्न हुने कामका लागि एक दिन खर्चनुपरेको गाउँलेको दुखेसो छ ।
हिसाव फर्छयोटका लागि सचिव खोज्दै जिविस धाएका स्थानीय रामबहादुर थिङ भन्छन्,‘ गाविस सेवा प्रवाहलाई छिटो र छरितो र थप प्रभावकारी बनाउन सचिवले सरकारी सुविधामा किनेको मोटरसाइकलको सदुपयोग गरेनन् ।’
उनी भन्छन्, ‘नल्लु राजधानीबाट त्यति टाढा पनि छैन । सडक गाउँसम्मै कालोपत्रे भइसकेको छ ।’ ‘मोटरसाइकलबाट सजिलैसँग पुग्न सकिने भएतापनि सचिव नआउँदा स्थानीयबासी मर्कामा परेका छन्,’ उनले भने ।
सुरुमा मानिखेलका मानबहादुर तामाङ पनि सेकेन्ड डाँडासम्म पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको हिसाब फर्छ्योट गर्न गाउँमा सचिव आउलान् भनी बसेका थिए । (कान्तिपुर दैनिक)

प्रकाशित : ३० असार २०७३, बिहीबार ०३:२९