काँग्रेस नेता मोहन आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

काँग्रेस नेता मोहन आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



रसुवा । नेपाली काँग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई भेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सहायता सामाग्री बिहीबार उपलब्ध गराउनुभएको छ ।


विशेषगरी कोरोना रोगबाट सक्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देष्यले नेता आचार्यले रसुवाको जिल्ला अस्पताल धुन्चे र जिबजिबे ग्रामिण अस्पताललाई दुई–दुई थान भेन्टिलेटर सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको हो ।

उहाँले रसुवाको लागी मिनिभेन्टिलेटर चारथान, अक्सिमिटर ३० थान, आधुनिक श्यया पाचथान सहित सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई सामाग्री हस्तान्तरण गर्नुभयो । उक्त सहायता सामाग्रि रु.१६ लाख बराबरको रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।


उक्त अवसरमा काँग्रेस नेता आचार्यले कोरोना रोगको संक्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरु देखिन थालेको र उपचारका लागि बाहिरी जिल्ला लैजानुपर्ने बाध्यता अन्त्य गराउनको लागी सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । “रसुवामा रहेका विभिन्न पाँच वटा गाउँपालिकाका अध्यक्षहरुसंग समन्वय गरेर मागअनुसार नै उक्त सामाग्रि उपलब्ध गराइएको छ ।” उहाँले भन्नुभयो “माग र आवश्यकता अनुसार अक्सिमिटर लगायतको सामाग्रि सबै पालिकामा जिल्ला संकट व्यवस्थापन केन्द्रले वितरण गर्ने छ ।”


यसैबीच, काँग्रेस नेता आचार्यले बिहीबारनै त्रिशुली अस्पताल नुवाकोटलाई दुई थान मिनि–भेन्टिलेटर सहित एकथान आइसियुमा प्रयोग हुने सामाग्रि (एभिजी) लगायतको स्वास्थ्य सहायता सामाग्रि अस्पतालका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई प्रदान गर्नुभयो ।


उहाँले चालु आर्थिक वर्षमा त्रिशूली अस्पतालको लागी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु.४६ लाख रुपैयाँ समेत सहयोग उपलब्ध गराउनुभएको थियो । रसुवा र नुवाकोटका बिरामीको उपचार सेवा प्रभावकारी बनाउन सरकारी तथा व्यक्तिगत लगानीमा उहाँ मार्फत एम्बुलेन्स सेवा, स्वास्थ्यबीमा, स्वास्थ्य सहायता सामाग्रि लगायतको सहयोग हुदै आइरहेको छ ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहीबार २२:१२