मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी



काठमाडाै । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ।  आगामी आर्थिक बर्षको मौद्रिक नीति नआउँदा पुँजी बजार तथा वित्तिय क्षेत्रमा अलमलको स्थिति पैदा भएको थियो। गत आइतबार नै मौद्रिक नीति आउने भनिए पनि राष्ट्र बैंकले करिब एक साता ढिलो घोषणा गर्न लागेको हो। नीतिको अन्तिम ड्राफ्ट बनिसकेको र बिहीबार बिहान बस्ने संचालक समितिको बैठकले यसलाई अन्तिम रुप दिएर अनुमोदन गर्नेछ र अपरान्ह यसलाई जारी गरिने स्रोतले बताएको छ।
Nepal-Rastra-Bank_Panorama1_20111122085657
मौद्रिक नीतिका विषयमा बजारमा अनेक हल्ला र अनुमान हुँदा पुँजी बजारमा अस्वभाविक उतारचढाप आएको छ। ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रोत्साहनलाई मौद्रिक नीतिले प्राथमिकता दिनेछ । यसैगरी, वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नीतिले जोड दिने स्रोतको भनाई छ । बैंक तथा वित्तीय संस्थाले कृषिमा लगानी बढाउनुपर्ने, लघुवित्तमार्फत ग्रामीण क्षेत्रमा वित्तीय सेवा थप विस्तार गर्नुपर्ने, पूर्वाधार बैंक स्थापना गरेर विकासनिर्माण तथा पूर्वाधारको विकासलाई मौद्रिक नीतिले समेट्ने स्रोतको भनाई छ ।

प्रकाशित : ३० असार २०७३, बिहीबार ०७:४६