देशभर ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

देशभर ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल ४ लाख ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।

उक्त अवधिमा ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म नेपालमा ५ लाख ८१ हजार ५६० जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६२४ जनाको पीसीआर र २ हजार २९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको देखिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार १०१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको जम्मा संख्या ७ हजार ७३१ पुगेको छ ।

हाल ९७ हजार ६९९ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १४ हजार १८२ को पीसीआर र ६६३१ जनाको एन्टिजेन परीक्षण भएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार १८:०४