मन्त्रिपरिषद् दुई-चार दिनको घाम छायाः विश्वप्रकाश शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

मन्त्रिपरिषद् दुई-चार दिनको घाम छायाः विश्वप्रकाश शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुनर्गठित मन्त्रिपरिषद् दुई-चार दिनको घाम छाया मात्र भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्री नियुक्ति गरेलगत्तै प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत ती पद सर्वोच्च अदालतबाट फैसला नआउन्जेलका लागि मात्रै भएको दाबी गरे । ‘पुनर्गठनमा टिप्पणी- प्रधानमन्त्री केपी शर्मा ओलीकै भाषामा कलेजोमा छ क्यान्सर, बूढी औंलामा सिवाजल गोली,’ कांग्रेस प्रवक्ता शर्माले लेखेका छन्, ‘समस्या प्रधानमन्त्रीमै छ, न मन्त्री फाल्नु समाधान हो न पाल्नु । ‘फैसला’सम्मलाई दुई-चार दिनको घाम छाया ।’

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार ०८:५३