निषेधाज्ञा खुकुलो बनाईने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

निषेधाज्ञा खुकुलो बनाईने



मोरङ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले निषेधाज्ञा खुकुलो बनाईने बताएका छन् । एक महिना लामो समयदेखिको निषेधाज्ञा अब असार लागेसँगै केही खुकुलो हुने बताएका हुन् ।

संवाद समूह मोरङले आयोजना गरेको भर्चुअल संवादको क्रममा मन्त्री कार्कीले पहिलो चरणमा खुकुलो बनाईएको भएपनि बिचमा कडाई गरिएकोले अब खुकुलो गर्न लागिएको जानकारी दिए । कार्यक्रममा बोल्दै उनले भने पुर्णरुपमा निषेधाज्ञा खोलिने हैन , बजारलाई केही खुकुलो पारिने हो ।

दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरु समस्यामा परेको बारेमा जानकारी दिँदै उनले बजारलाई केही सजिलो पार्दै जाँदा राहत मिल्ने कार्कीको भनाई थियो ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार १७:४५