सेयर बजारमा यी कुरा ध्यान दिए घाटा हुदैनः सिए, मनोज ज्ञावलीको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

सेयर बजारमा यी कुरा ध्यान दिए घाटा हुदैनः सिए, मनोज ज्ञावलीको सुझाव



पुँजी बजारमा हल्लाको बिचमा लगानी गर्दा घाटा हुने संभावना बढी हुँन्छ । कहिले काही हामी पुँजी बजारलाई जुवा घर भन्छाै । व्यवाहारले त्यो होकी भन्ने पनि देखाउछ । मार्केट बढ्यो भने बढ्यो भनेर किन्ने र घट्यो भने बर्बाद नै हुन्छ कि भनेर दाैडिने प्रवृति हाम्रो लगानीकर्ताहरुमा देखिन्छ । कतिपय अवस्थामा बजारमा प्रयाप्त जानकारी नै छैन छैन । एनलाइसिसको लागी सबै भन्दा महत्वपुर्णकुरा भनेको एडिक्विट इनफरमेसन नै हो । अहिले पनि बजारमा धेरै कम कम्पनीहरुको एडिक्विट इनफरमेसन पाइन्छ । केही समय अगाडी पनि एडिक्विट इनफरमेसन नभएको आधारमा नेप्सेले कारोबार समेत रोक्का गरेको छ ।

कतिपय कम्पनीहरुले नेप्सेले भनेको इन्फरमेसनहरु पनि सेयर गर्दैनन । एडिसनल इनफरमेसनको हामी कल्पना पनि गर्न सक्दैनाैँ । कुनै पनि संस्थाको इन्फरमेसनहरु यदी हामीले पाउने भनेको एउटा फाइनान्सियल इन्फरमेसन हुन्छ । हामी संग हुने भनेको फाइनान्सियल इन्फरमेसन हो ।

फाइनान्सियल इन्फरमेसन भन्ने वित्तिकै लेखापरिक्षण गरेको वित्तीय विवरण । फाइनान्सियल इन्फरमेसन हामी ब्यालेनसिटबाट हेर्छाै त्यसको नेटवर्थ पर सेयर कति छ ? ग्रोथको प्याटन के छ ? त्यस पछि नाफाको अवस्था के छ ? त्यसले कति बोनस दिन सक्छ ? अपरेटिङ्ग कस्टहरु कसरी भैरहेको छ ? भन्ने लगायतका कुराहरु हामीले यहाँबाट पत्ता लगाउछाैँ । त्यस पछि गएर कम्पनी बेवसाइटमा सुचनाहरु हुन आवश्यक छ ।

अर्को कुरा भनेको त्यो कम्पनीमा रहेका सञ्चालकहरु कस्ता छन् । कस्ता मान्छेले स ञ्चालन गरेका छन् । ब्यवस्थापनको अवस्था कस्तो छ ? त्यो कम्पनीमा भएका मान्छेहरुले सम्बन्धीत फिल्डमा लिड गर्न सक्छ कि सक्दैन ? भविष्यमा गएर त्यो कम्पनीले कस्तो प्रर्दशन गर्छ ? भन्ने कुरा त्यो कम्पनीको ब्यवस्थापनको क्षमतामा भर पर्ने हुँदा त्यो कुरालाई ख्याल गर्नु पर्ने हुन्छ ।

अर्को कुरा भनेको कुनै पनि क्षेत्रको कुरा गर्दा कम्पनिको पफर्मेन्स कस्तो छ भन्ने कुराले पनि अर्थ राख्छ । अब आउने बजेटले त्यो क्षेत्रमा कस्तो असर पार्छ ? बजेट पछि आउने माैद्रिक नीतिले कस्तो प्रभाव पार्छ ? यी कुराहरुको पुर्ण रुपमा जनकारी हुन आवश्यक छ । धेरै पटक हामी हल्लाको भरमा दाैडिन्छाैँ । अस्ति मात्रै राष्ट्र बैंकको माैद्रिक नीतिको समिक्षामा बैंक तथा वित्तीय संस्थाले सेकेन्डरी मार्केटमा लगभग ट्रेडिङमा कारोबार गर्न नसक्ने गरि सर्कुलर आयो । बैंकले आज सेयर किनेर एक बर्ष पछि मात्रै बेचेन पाउने भयो । यो ब्यवस्था आउने वित्तिकै मान्छे अब बर्बादा हुन्छ जस्तो गरि अतालिए ।

मुख्य कुरा भनेको डाटा साइडमा हुनुपरो नि । पुँजीबजारमा बैंकले गरेको ट्रेडिङ ६ /७ त अर्ब पनि छैन । अहिले एकै दिनको ट्रेडिङ १५ देखि १६ अर्ब पुगि सक्यो । सबै बैंकले एकै चोटी बेच्न जाने पनि हैन नी हामीले यसले असर गर्दैन भन्दा पनि कतिपय मान्छेहरु आतिए ।

कतिपयले बजारको ट्रेन हेरे बजारको अवस्था यस्तो छ भनेर भन्छन । तर हामी भन्छाै फन्डामेन्टल एनलाइसिस( मौलिक विश्लेषण) नेपालको बजारमा बढी बलियो हुनु पर्छ । फन्डामेन्टल एनलाइसिस ( मौलिक विश्लेषण) अहिले काम गरेन भने केही समय पछि गर्छ । यसको विकल्प छैन । बजारमा लगानीकर्ताहरु आतिनु हुन्छ । अर्कोले कमाएकोमा पनि हुटहुटी छटपटी हुन्छ ।

केही समय अगाडीको कुरा गराै । विकास बैंक र फाइनान्सहरुको त कमाइ छैन । हाइड्रोमा बढ्यो भन्दै हाइड्रोमा लगानी गरे । लगानी गर्दा कस्तो सम्मको हाइड्रोमा गर्नु भयो भने । जसको नेटवर्थ पर सेयर एक सय भन्दा कम छ । जसको ५ बर्ष भित्र लगानीको ठेगान नै छैन । पाँच देखि छ बर्षमा पनि लाभांश दिन नसक्ने त्यस्ता कम्पनीको मुल्य २७ सय पुगि सक्यो । त्यस कारण राम्रा कम्पनीमा लगानी भएको लगानीकर्ता पनि त्यस्ता कम्पनीले कमाएको देखेर सबै सेयर बेचेर कम्जोर कम्पनीमा नै लगानी गर्न आइपुग्छ ।


किन कि उसले रातो र हरियो हेरेर लगानी गरि रहेको हुन्छ । त्यस्ता लगानीकर्ताहरुले हतारमा कम्पनी परिर्वतन गर्दा आफुले सस्तोमा बेचेको सेयर पनि महंगोमा किनिरहेका हुन्छन् । त्यसैले चाहे फन्डामेन्टल एनालाइसिस ( मौलिक विश्लेषण) होस वा टेक्निकल एनलाइसिस ( प्राविधिक विश्लेषण) हेरेर हामीले अगाडी बढ्याै भने मार्केटमा गुमाउने संभावना कम हुन्छ । लाभ पनि अलि बढि हुन्छ, अनि बजार पनि सक्षम हुन्छ ।

अहिले बजारको भोलुम बढी भएकोले कर्नरिङ हुन सक्दैन । कहि कतै हुन्छ भन्न चै सकिन्न । मुख्य कुरा भनेको लगानीकर्ता सचेत हुँनुपर्छ । बैंकमा फिक्स डिपोजिटमा पैसा राख्न आउदा यसले ८ प्रतिशत दिने अर्कोले ८‍‍.५ प्रतिशत दिएको छ भनेर बजार बुझेर दुइ लाख रुपैयाँ राख्न आउने , अनि दश लाख रुपैयाँ चै हल्लै हल्लाको भरमा लगानी गर्छ भने त्यो लगानीकर्ता लुटिन लायक छ । यसरी आउने कस-कसलाई बचाउन सकिन्छ ? त्यस कारण बजार कता गएको छ भन्ने कुराको फन्डामेन्टल एनालाइसिसलाई बढी ध्यान दिन जरुरी छ ।

पुँजीबजार सम्बन्धी we can ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ज्ञावलीले राखेको धारणाको सम्पादित अंश

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार २१:०८