स्वास्थ्यकर्मीलाई हातपात गरे एक वर्षसम्म कैद र एकलाख रुपैयाँसम्म जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

स्वास्थ्यकर्मीलाई हातपात गरे एक वर्षसम्म कैद र एकलाख रुपैयाँसम्म जरिवाना



काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्ने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने, अभद्र वा अपमानजनक व्यवहार गनेलाई एक वर्षसम्म कैद, एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

प्रकाशित : २३ जेष्ठ २०७८, आईतवार १८:५५