जुवामा लगानी गर्न विज्ञापन गर्नेलाई कारबाही गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जुवामा लगानी गर्न विज्ञापन गर्नेलाई कारबाही गरिने



काठमाडाै । विज्ञापन वोर्डले डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन गरेर कारोबार नगर्न चेतावनी दिएकाे छ । वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत जुवामा लगानी गर्न भन्दै विज्ञापन प्रकाशित हुँदै आएको थियो ।

बोर्डले प्रेस विज्ञप्ति जारी गरी नेपालमा केही समययता उक्त साइटका नाममा अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोवार भइरहेको जनाउदै त्यसो नगर्न अनुरोध गरेको छ ।

‘‘यस्ता कार्य विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५को उपदफा (ज्ञ) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधि बन्द गर्न, त्यस्ता विज्ञापन तथा भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’’ विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले अन्यथा कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७८, आईतवार २१:३२