डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्साः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्साः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ को समुद्घाटन गर्दै (वेवीनार मार्फत) उनले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताए ।

डिजिटलाईजेशनलाई कसरी अगाडी बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सीयल डिजिटलाइजेशन लिट्रेसी’ एउटा पाटो हुने अपेक्षा राखे । बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गर्भनर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताए । गर्भनर अधिकारीले अहिले चिया पसलदेखि इरेक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताए ।

वित्तीय साक्षरतालाई डिजिटल्ली रुपमा लैजानुपर्ने भन्दै उनले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताए । उनले फाइनान्सियल डजिटलाइजेशन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु तथा डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताए । गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडी ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पु¥याउने बताए ।

उनले फाइनान्सियल सेक्टर विद्युतिय कारोबार गर्ने क्रममा कोर बैंकिङ सेक्टरमार्फत अगाडि बढेको बताए । नेपाल राष्ट्र बैंक डिजिटलाईजेशनका निम्ती दत्तचित्र भएर लागेको उनको भनाइ छ । गर्भनर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलव्ध गराउन आग्रह गरे । वित्तीय क्षेत्रलाई मौद्रिक नीति मार्फत डिजिटल प्रविधिको प्रयोगका लागि थप सहजिकरण गर्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । गाउँका कतिपय ठाउँमा वित्तीय पहुँच नपुगेको भन्दै यसको धेरै नै महत्व हुने उनको भनाइ छ ।

फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व मन्त्री भगवती चौधरीले डिजिटलाइजेशन सेक्टरमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । टेक्नोलोजीमार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदा अति उत्तम हुने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सीयल डिजिटलाइजेशनलाई ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरे । कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए । अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झि राखेमा डाइनोसर नै हुने उनको बुझाइ छ । उनले बैंकहरुले फिजिकल सेवा भन्दा पनि डिजिटल मार्फत सेवा दिनुपर्ने बताए ।

नेपाल बैंकर संघका पुर्व अध्यक्ष एवं नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुल कलेज लेभलका करिकुलममा राख्न सबै लाग्नुपर्ने बताए । उनले डिजिटलाइजेशनमार्फ थालीएको वित्तीय साक्षरकताले आउने दिनमा अर्को फड्को मार्ने बताए ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष अध्यक्ष प्रद्युमन पोखरेलले बैंकवित्तबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभइ डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताए । उनले यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बनाए ।

लघवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकहरुलाई उद्यमशिलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । जीवन वीमक संघका कोषाध्यक्ष प्रविनरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाईजेशनका रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए ।

त्यसैगरी प्रभु टेक्नोलोजीका अध्यक्ष कुसुम लामाले आफ्नो कम्पनीले डिजिटललाईजेशनका लागि महत्वपूर्ण काम गर्दै आएको बताए । उनले बैंक, वित्तीय सेवामा डिजिटलाईजेशनको अनिवार्य आवश्यकता देखिएको बताए ।

त्यसैगरी आइएमईका सिइओ सुमन पोखरेलले फाइनान्सियल सर्भिसलाई प्याकेजको रुपमा गाउँमा कसरी पु¥याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए । उनले फाइनान्सीयल डिजिटलाइजेशन मार्फत डिजिटल कारोबार बृद्धि हुने अपेक्षा गरे ।

नेपाल क्लियरिङ हाउसका सिइओ निलेशमान प्रधानले अहिले नेपालमा डिजिटलाईजेशनमा प्रयोग भएका पूर्वाधारहरु अन्तर्राष्ट्रिय स्तरकै पुर्वाधारहरु रहेको बताए । उनले डिजिटलाईजेशनमा काम गर्नका लागि इन्फास्टक्चर, रेगुलेटरी फेमवर्क, सर्भिस प्रोभाइडरसँग डिजिटलमा जान कति अटोमेट छ भन्ने कुरा नै महत्वपूर्ण हुने जानकारी दिए ।

एससिटी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले अहिले इन्टरनेट, मोबाइलको पहुँच, हातहतमा पुगेको भन्दै टेक्नोलोजिमा सबैलाई जोड्न आवश्यक रहेको बताए । कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले कोभिडका कारण डिजिटलको आवश्यकता झनै बढेको बताए ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार ११:५६