शैक्षिक प्रमाणपत्र धितो बारे गभर्नरले भने – सर्टिफिकेट बोकेर आउँदैमा बैंकले २५ लाख दिएर पठाउदैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

शैक्षिक प्रमाणपत्र धितो बारे गभर्नरले भने – सर्टिफिकेट बोकेर आउँदैमा बैंकले २५ लाख दिएर पठाउदैन



काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने व्यवस्थाको कार्यान्वयनका लागि तयारी थालेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटको कार्यान्वयनकाे सम्भावना र चुनाैतीको सम्बन्धमा आयोजना गरेको अन्तरक्रियाका गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

अधिकारीले बजेटमार्फत् ल्याएको कार्यक्रम केही सरकारले ब्याजमा केहि सहुलियत अनुदान दिइएको बताए। ब्याज मात्रै सबै कुरो नभएको बताउदै अधिकारीले बैंकको हिसाबले हेर्ने हो भने जुन जोखिम छ त्यो राज्यमा सिफ्ट भै नसकेको बताए । ब्याज मात्रै राज्यले निश्चित प्रतिशत ब्यहोरेको बताए । त्यसकारण पनि बैंकले आफ्नो रिस्क हेरेर असहमती देखाउने गरेको उनको भनाइ थियो । जसका कारणले सरकारका कार्यक्रमहरुमा अवरोध आउने उनको कथन थियो। यसलाई कसरी समाधान गर्ने भन्ने पक्षमा हामीले काम गर्ने तयारीमा रहेको बताए ।

उनले शैक्षिक प्रमाणपत्र धितो भन्दैमा सर्टिफिकेट बोकेर आउँदैमा २५ लाख दिएर पठाउने खालको नभएर योजनाको सम्भावना र उद्देश्यका आधारमा चाहिएको बेला मात्रै ऋण दिने उनले बताए ।

शैक्षिक प्रमाणपत्र धितोमा राखेर कसरी कर्जा दिन सकिन्छ र त्यसबाट आउनसक्ने जोखिमलाई कम कसरी गर्न सकिन्छ भन्ने छलफल सुरु भएको बताए । उनले अहिले राष्ट्र बैंकले २ वटा टाक्सफोर्स बनाएको जानकारी दिँदै एउटा फोर्सले अर्थ मन्त्रालय र अर्को फोर्सले वित्तीय र निजी क्षेत्रसँग छलफल अघि बढाएको बताए ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार १२:२६