अतिरञ्जित नगरियोस,सरकार चुरेबाट एक डोको बालुवा पनि उठाउदैनः अर्थमन्त्री पाैडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

अतिरञ्जित नगरियोस,सरकार चुरेबाट एक डोको बालुवा पनि उठाउदैनः अर्थमन्त्री पाैडेल



काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पाैडेलले बजेटमा खोट नदेखे पछि अतिरञ्जित पार्न खोजिएको बताएका छन । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटले सबैको माग पुरा गरेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै पाैडेलले केहीले पुराना तस्वीर र भिडियो समाजिक सञ्जालममा पोष्ट गरेर सरकार विरोधी काम गरेको आरोप लगाए ।

मन्त्री पाैडेलले चुरे संरक्षणमा सरकार प्रतिबद्ध रहेको र संरक्षण गर्नु सरकारको दायित्व रहेको बताए । उनले चुरेलाई प्राकृतिक रुपमा हराभरा बनाउन लागि परेका बताउदै सरकार चुरेबाट एक डोको बालुवा पनि नउठाउने बताए ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार १३:१८