सेयर बजारमा झिनो अंकको गिरावट, १५ अर्ब ८१ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सेयर बजारमा झिनो अंकको गिरावट, १५ अर्ब ८१ करोडको कारोबार



काठमाडाैं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ०.२१ अंकले घटेर २९०६.७० बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ पनि परिसूचक ०.३८ अंकले बढेर ५२०.६३ बिन्दुमा पुगेको छ ।

आज कूल २२१ वटा कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा मात्र उपसमूहकाे सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेको छ । आज फाइनान्स कम्पनीमा लगानीकर्ता आकर्षित भएका छन् ।

सोमबार १७ कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी, ९ प्रतिशतभन्दा धेरै सेयर बढ्ने अन्य कम्पनीहरुमा कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडवील फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, जानकी फाइनान्स, मन्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स, रिलाइन्स फाइनान्स लगायत कम्पनी रहेका छन् ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार १६:१३