लक्ष्मी महिला साकोसका ऋणीलाई छुटै छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लक्ष्मी महिला साकोसका ऋणीलाई छुटै छुट



काभ्रे । पनौती नगरपालिका-५, चौकोटमा केन्द्रीय कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले ऋणी सदस्यहरुका लागि छुटको व्यवस्था गरेको छ ।

कोरोना भाइरसको महामारीको चपेटामा परेका ऋणी सदस्यहरुको ऋणमा सावा ब्याज बुझाउन सहज होस् भन्ने उद्देश्यका साथ विभिन्न सुविधा दिएको संस्थाले बताएको छ ।


ती सुविधा अन्तर्गत नियमित किस्ता बुझाउने सदस्यलाई ब्याजमा पाँच प्रतिशत छुट, यस अवधिमा किस्ता बुझाउँदा किस्ता रकम कम भएमा वा ब्याज मात्रै बुझाउँदा समेत कुनै हर्जाना नलाग्ने एवं सदस्यहरुले पुरानो ऋण तिर्न आएका हर्जानामा शत् प्रतिशत छुट दिने भएको छ ।

सदस्यहरुलाई किस्ता बुझाउनका लागि कार्यालयसम्म पुग्न असहजता भएमा सम्पर्क व्यक्तिलाई सम्पर्क राखी रकम बुझाउन सकिने संस्थाले जनाएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार १६:३०