थप ६९५१ जना कोरोनामुक्त, ४४७२ मा संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

थप ६९५१ जना कोरोनामुक्त, ४४७२ मा संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ६ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९२ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ९९० जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार १८:१५