देशभर जारी निषेधाज्ञा खुकुलो बनाउन गृहको आन्तरिक छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

देशभर जारी निषेधाज्ञा खुकुलो बनाउन गृहको आन्तरिक छलफल



काठमाडौं । सरकारले देशभर जारी निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालयले आन्तरिक छलफल सुरु गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाएर सर्वसाधारणको जीवनयापनमा केही सहज बनाउने उद्देश्यले मन्त्रालय यसको छलफलमा जुटेको हो ।

वैशाख १६ पछि सञ्चालनमा रोक लगाइएको राजधानीभित्रका वर्कसप शुक्रबारदेखि राति ९ देखि बिहान ९ बजेसम्म सञ्चालन गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले अनुमति दिइसकेका छन् भने एक साता खाद्यपसल बन्द गरिएकामा शुक्रबारबाट बिहान ९ बजेसम्म खुला रहने आदेश जारी भइसकेको छ ।

कोरोनाको दोस्रो लहर बढेसँगै बाँकेमा वैशाख १३ र उपत्यकामा १६ गतेबाट निषेधाज्ञा जारी गरिएकोमा हाल सम्म आइपुग्दा ७५ जिल्लामा बिस्तार भइसकेको छ ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार २१:२२