पूँजीबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नहोस्ः अर्थमन्त्री पाैडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

पूँजीबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नहोस्ः अर्थमन्त्री पाैडेल



काठमाडाैं । उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उत्साहजनक बन्दै गएको पूँजीबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नगर्न र त्यस्ता गतिविधि समेत हुन नदिन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । बोर्डको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सो निर्देशन दिएका हुन । उनले बजेटमा केही महत्वपूर्ण घोषणा भएका उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि द्रूत गतिमा काम गर्न बोर्डलाई निर्देशन दिए ।

पूँजीबजार आकार र यसप्रतिको विश्वास बढ्दै जाँदा मुलुकले अपेक्षा गरेको आर्थिक वृद्धिदरको लक्ष्यमा समेत टेवा पुग्ने उल्लेख गर्दै उनले यसमा समेत सन्तुलित भूमिका खेल्न धितोपत्र बोर्डलाई आग्रह गरे ।

उनले भने-‘बोर्डका कमजोरीहरु पनि छन्, यसलाई सच्याउँदै अगाडि बढ्नुहोला । ‘ उनले पूँजीबजारलाई विश्वसनीय बनाउनका लागि यहाँ कुनै पनि गडबड हुन नहुने तर्क गर्दै भने-‘बजारमा कुनै पनि प्रकारको अनियमितता वा गडबडी नहोस् भनेर बोर्ड चनाखो बन्नुपर्छ । पूँजीबजारलाई नकारात्मक प्रभाव पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन भन्नेतर्फ तपाईहरुको विशेष ध्यान जाओस् ।’

उनले पछिल्ला दिनमा पूँजीबजारमा बढिरहेको आकर्षणलाई सरकारप्रति लगानीकर्ताको विश्वासको रुपमा बुझेको बताए ।

पूँजीबजारमा लगानी गरेका लागानीकर्ताको लगानी सुरक्षित गरी हीत संरक्षणका लागि सशक्त, प्रभावकारी कदम चाल्दै लगानीका क्षेत्र र दायरा विस्तार गर्न समेत उनले बोर्डलाई सुझाव दिएका छन् ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १३:१४