कोभिड १९ः ६ हजार ५७० जना निको,५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

कोभिड १९ः ६ हजार ५७० जना निको,५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडाैं । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप ६ हजार ५७० जना निको भएको उल्लेख गरेको छ। हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म ८ हजार ९८ जनको मृत्यु भइसकेको छ ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १७:११