कोरियामा नेपाली कामदारको तलब बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरियामा नेपाली कामदारको तलब बढ्यो



काठमाडौं । कोरियामा रहेका नेपाली कामदारहरुको तलबमा वृद्धि हुने भएको छ । कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले मजदुरको ज्याला ७. ३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेसंगै त्यहाँ रहेका ३४ हजार नेपाली कामदारको तलबमा पनि वृद्धि हुने भएको हो ।

money2-390x293

मजदुरहरुको न्यूनतम ज्यालामा प्रतिघण्टा ४ सय ४० वन वृद्धि भएको हो । अर्थात नेपाली कामदारहरुको सम्वन्धमा प्रतिघण्टा करिब ४२ रुपैयाँ ज्याला वृद्धि भएको छ ।

नयाँ निर्धारण गरिएको तलब सन् २०१७ बाट लागु हुनेछ । हाल महिनाको न्यूनतम १ लाख २० हजार रुपैयाँ कमाउँदै आएका नेपाली कामदारले २०१७ देखि कम्तीमा १ लाख ३० हजार रुपैयाँ तलव पाउने छन् ।त्यहाँ उत्पादन तथा कृषि समूहमा गरी ३४ हजार नेपाली कार्यरत रहेको बताइएको छ ।

प्रकाशित : १ श्रावण २०७३, शनिबार १०:२४