धितोपत्र बोर्डले भन्यो- सेयर किन्दा यी कुरामा ध्यान दिनु नत्र फसिएला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

धितोपत्र बोर्डले भन्यो- सेयर किन्दा यी कुरामा ध्यान दिनु नत्र फसिएला



काठमाडाै । नेपाल धितोपत्र बोर्डले बोर्डले सेयरमा लगानी गर्दा सम्बन्धित कम्पनीको सबै पक्षको विश्लेषण गर्न र लहै लहैमा नलाग्न समेत आह्वान गरेको छ । कम्पनीको आधारभुत तथा प्राविधिक विषय विश्लेषण गरेर मात्र सेयर किन्न आम लगानीकर्तालाई आग्रह गरेको हो ।

प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भइरहेका गुनासा आएका र सो सम्बन्धमा अध्ययन थालिएको बताइएको छ । यो अध्ययन सकिन भने केही समय लाग्नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गर्दछौं ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १८:४०