नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने



काठमाडौं । प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार बुधबार बेलुका साढे ७ बजे शपथ ग्रहण गराउने तयारी छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रीमण्डल विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको स्रोतले बताएको छ ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको बताइएको छ ।कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् ।

यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । तीनै जना मन्त्रीले बुधबार नै शपथ लिदै छन् ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार १९:३३