ढुक्क हुनुस् २०७८ भदौमै महाधिवेशन हुन्छ : देउवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ढुक्क हुनुस् २०७८ भदौमै महाधिवेशन हुन्छ : देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमै महाधिवेशन हुने बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन–‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु–२०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु ।’

सभापति देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको पनि उल्लेख गरेका छन् । उनले महाधिवेशन पार्टीको जीवन्तताको लागि महायज्ञ भएको पनि बताएका छन् ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार २२:४४