काम चलाउ सरकारको मन्त्रिपरिपरिषदःगृहमन्त्रीमा खगराज , सञ्चारमन्त्रीमा बादलपत्नी नैनकला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

काम चलाउ सरकारको मन्त्रिपरिपरिषदःगृहमन्त्रीमा खगराज , सञ्चारमन्त्रीमा बादलपत्नी नैनकला



काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना मन्त्री थप्ने तयारी गरेका छन् । २५ जेठमा मन्त्रिपरिषद् पुनर्गठन गरेका ओलीले विहीबार अन्य आठ जना मन्त्रीहरु थप्न लागेका हुन् ।

ओलीले सात मन्त्री र एक राज्यमन्त्री थप्ने तयारी गरेका हुन् । उनीहरुको साँझ ४ बजे शपथ गराउने तयारी भएको छ ।

ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्तको तयारी गरेका छन् भने राम बहादुर थापा बादलपत्नी नैनकला थापालाई संचार मन्त्रालयको जिम्मेवारी दिन लागेको बुझिएको छ ।

वन मन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडीलाई नियुक्ती तयारी भएको छ ।

मोहन बाँनियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफैंले सम्हाल्ने भएका छन् ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १४:५३